राजाबाट सामाजिक सञ्जाल सञ्चालन नगरिएको प्रष्टोक्ति

राजाबाट सामाजिक सञ्जाल सञ्चालन नगरिएको प्रष्टोक्ति


पूर्व श्री ५ ज्ञानेन्द्र शाहबाट राष्ट्रिय समसामयिक घटना सन्दर्भ, राष्ट्र र जनताको हितसँग सम्वद्ध साझा चासो र चिन्ताको विषयप्रति ध्यान राख्नु स्वभाविक भएपनि वहाँबाट ट्विटर, फेसबुक तथा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिएको राजाका सम्वाद सचिव फणिराज पाठकले स्पष्ट गर्नुभएको छ ।

सम्वाद सचिवालयबाट सूचना जारी गर्दै सम्वादसचिव पाठकले निराधार कपोल्कल्पित भ्रमजालबाट मुक्त रहन सबैसँग आग्रह गर्दै आस्था र मर्यादामा आँच नपुऱ्याउनसमेत अनुरोध गर्नुभएको छ ।

यस्तै, युवराज्ञी हिमानी शाहबाट पनि ट्विटर, फेसबुक वा कुनै पनि प्रकारका सामाजिक सञ्जाल सञ्चालन नगरिएको उहाँले जानकारी दिनुभएको छ ।

राजा ज्ञानेन्द्र, युवराज्ञी हिमानीको नाममा खुलेका सामाजिक सञ्जालका फेसबुक, ट्वीटर जस्ता माध्यममार्फत सम्प्रेषित स्ट्याटसले विवाद र बहस पैदा हुन सक्ने सम्भावनाप्रति संवेदनशील हुँदै सम्वाद सचिवालयले सूचना जारी गरी भ्रममा नपर्न आग्रह गरेको सम्बद्ध सूत्रले जनाएको छ ।