भायानेटले ल्यायो रू. १२५० मा १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी

भायानेटले ल्यायो रू. १२५० मा १७५ एमबिपिएसको इन्टरनेटसहित भायाटिभी


काम गर्ने, पढ्ने र खेल्ने मानिसहरूको बढ्दो आवश्यकताको लागि उच्च गुणस्तरयुक्त र उच्च स्पीड भएको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्य पूरा गर्न भायानेटले अल्ट्रा–फाई लाइनका प्रोडक्टहरू ल्याएको छ । यस अफरले प्रयोगकर्ताहरूलाई न्यूनतम मूल्यमा उच्चतम इन्टरनेट स्पीड दिने इन्टरनेट प्लान प्रदान गर्ने सो कम्पनीले जनाएको छ ।

अल्ट्रा-फाईअन्तर्गत भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिंदा प्रतिमहिना मात्र रू. १२५० पर्न आउँछ । साथै, यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट-टप-बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्दैछ, जुन कारणले गर्दा अल्ट्रा-फाई सबैभन्दा आकर्षक इन्टनेट प्लान मध्य एक बनेको कम्पनीको दाबी छ ।

भायानेटका अनुसार सर्वोत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने आफ्नो लक्ष्यप्रति कम्पनी निरन्तर अघि बढिरहेको छ । नयाँ ब्याण्डविथ सपोर्ट गरेर भायानेटले आफ्नो संरचनालाई अपग्रेड गर्नको लागि नोकिया र सी-डाटासँग अपग्रेडेड साझेदारी गरेर डुअल ब्राण्ड ONUs- अप्टिकल नेटवर्क युनिट प्रदान गरिरहेको छ । अहिले भायानेटले प्रदान गरिरहेको ONUs मेश सपोर्ट गर्न सक्षम रहेको र चाँडै नै आफ्ना ग्राहकको लागि किफायती मेश वाईफाई ल्याउने पनि भायानेटले जनाएको छ ।

भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवाप्रदायक रहेको दाबी गरिएको छ ।

अधिक जानकारीको लागि : www.vianet.com.np/ultrafi