मुलुकमा नियन्त्रित अराजकता ल्याउन नदिने ओलीको अठोट

मुलुकमा नियन्त्रित अराजकता ल्याउन नदिने ओलीको अठोट



नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीले नेपालमा नियन्त्रित अराजकता फैलाउन नदिने बताएका छन् । एमालेका नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यलगायतलाई शुभकामना तथा बधाई दिनेका लागि एमालेको बागमती प्रदेश सङ्गठन कमिटीद्वारा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले मुलुकमा नियन्त्रित अराजकता फैलाउन एमालेले नदिने स्पष्ट पारे । एमालेले स्थायित्व, स्थिरता र शान्तिका लागि काम गर्ने उनको भनाइ थियो ।

अध्यक्ष ओलीले कुनै कमिटीमा छानेर नेता हुने भ्रम नराख्न आग्रह गरे र भने, ‘पार्टी चोइटिएपछि पार्टी अध्यक्ष भइहालिन्छ । अध्यक्ष, उपाध्यक्षजस्ता पद प्राप्त गर्ने कुरा ठूला होइनन्, नेताको आनीबानी, अरुसँग गर्ने व्यवहारले पनि नेतालाई स्थापित गर्दछ ।’

कार्यक्रममा एमालेका महासचिव शङ्कर पोखरेलले चितवनमा सम्पन्न भएको पार्टी महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाएको बताए । शनिबार (२५ मंसिर)देखि शुरु हुने पार्टीको दोस्रो केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी रणनीति र कार्यभार बनाउने जानकारी दिए ।