कांग्रेस सभापतिका लागि कल्याणको पहिलो उम्मेदवारी

कांग्रेस सभापतिका लागि कल्याणको पहिलो उम्मेदवारी


सुजाता सिंहको प्यानलमा


नेपाली कांग्रेसको सभापतिका लागि कल्याण गुरुङले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको निर्वाचनको लागि सभापतिमा उम्मेदवारी दर्ता गराउने गुरुङ पहिलो उम्मेदवार बनेका छन् ।

केही महिनाअघि नै स्वतन्त्र रुपमा कांग्रेस सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका कल्याणले शनिबार बिहान उम्मेदवारी दर्ता गरेका हुन् ।

कांग्रेसमा संस्थापनइतर समूहबाट शेरख कोइराला र प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दिने भएका छन् । पौडेल समूह भनेर समेत चिनिने उक्त समूहले साझा उम्मेदवार तय गर्न नसकेपछि सिंह, कोइरालालगायत अन्य केहीको समेत उम्मेदवारी पर्ने देखिएको छ ।

यसै क्रममा प्रकाशमान सिंहलाई गिरिजापुत्री सुजाताले सभापतिमा समर्थन गर्ने भएकी छन् । सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने तयारी कोइरालाको रहेको बताइएको छ । यदि सुजाताले सिंहको प्यानलमा आफूलाई खडा गरिन् भने कोइराला परिवारमा औपचारिक रुपमै फुट आउको सन्देश प्रवाहित हुनेछ ।

कांग्रेसमा संस्थापन पक्षबाट भने वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सभापतिका एक्ला उम्मेदवार छन् । देउवाका विश्वासपात्र रहँदै पछि उनैविरुद्ध क्रियाकलाप गर्दै आएका वर्तमान उपसभापति विमलेन्द्र निधिले पनि सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । यस परिवेशमा रामचन्द्र पौडेल भने सभापतिको दौडबाट स्वतः बिहरिन पुगेको विश्लेषण गरिन थालिएको छ ।