भारतले अफगानिस्तानमा मेडिकल सामग्री पठायो

भारतले अफगानिस्तानमा मेडिकल सामग्री पठायो


भारतले अफगानिस्तानबाट हटाइएका भारतीय र अफगानीहरूलाई ल्याएको फिर्ती उडानमार्फत् काबुलमा मेडिकल सामग्री पठाएको छ । यी औषधिहरू काबुलमा रहेको विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा चुनौतीपूर्ण मानवीय अवस्थालाई ध्यानमा राख्दै भारत सरकारले आज फिर्ती उडानमा चिकित्सा आपूर्तिको खेप पठाएको सो मन्त्रालयको भनाइ छ ।

शुक्रबार विशेष उडानमार्फत अफगानिस्तानबाट हिन्दू-सिख अल्पसंख्यक समुदायका सदस्यहरू सहित १० भारतीय र ९४ जना अफगानीहरूलाई भारतले देवी शक्ति अपरेशनअन्तर्गत राष्ट्रिय राजधानीमा ल्याएको पनि विदेश मन्त्रालयले जनाएको छ।

‘अपरेसन देवी शक्ति’ अन्तर्गत अफगानिस्तानबाट कुल ६६९ जनालाई अहिले बाहिर निकालिएको बताइएको छ जसमा सयौं भारतीय र अफगानीहरू छन् । त्यसमा पनि अफगान हिन्दूरसिख अल्पसंख्यक समुदायका सदस्यहरू रहेका एएनआईले जनाएको छ ।

सन् २०२१ को अगस्ट महिनाको शुरुमा अफगानिस्तानबाट ४३८ भारतीयसहित ५६५ जनालाई बाहिर निकालिएको थियो।