नेप्सेमा पहिरो, ८८.७० अंकले घट्यो कारोबार

नेप्सेमा पहिरो, ८८.७० अंकले घट्यो कारोबार


साताको पहिलो दिन सेयर बजार परिसुचक नेप्सेमा पहिरो गएको छ । आज ८८.७० अंकले घटेदै नेप्से २३६१.२७ अंकको विन्दुमा झरेको छ । उच्च अंकको गिरावटसँगै कारोबार आज ३ अर्ब १९ करोड ९१ लाख रुपैयाँ बराबरको मात्रै भएको छ ।

आइतबार बैंकिङ समूह ४४.५३ अंक, व्यापार समूह १८९.२५ अंक, होटल तथा पर्यटन समूह ८७.२६ अंक, विकास बैंक समूह २८१.७९ अंक, जलविद्युत समूह १२४.९६ अंक, वित्तीय समूह १००.२७ अंकले घटेको छ भने नीर्जीवन बीमा समूह ४९०.१२ अंक, उत्पादन तथा प्रसोधन समूह १६८.६८ अंक, अन्य समूह ६३.०४ अंक, लघुवित्त समूह १७५.६३ अंक र जीवनबीमा समूह ५०७.६१ अंकले घटेको छ ।

सारथी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा आज नकारात्मक सर्किटब्रेक लागेको छ भने घट्दो बजारमा पनि युनिलिभर कम्पनीका लगानीकर्ताले चाहिँ दुई प्रतिशतले कमाएका छन् ।

यसैगरी, लक्ष्मी इक्वीटी फण्डका लगानीकर्ताले ९.६२ प्रतिशत, जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले ९.१७ प्रतिशत र नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले ९.०५ प्रतिशतले गुमाएका छन् ।