अमेरिकाको टेक्सासमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । उक्त घटनामा परी अरु १४ जना घाइते भएका छन् । एक जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेमध्ये बाँकी तीन जनाको अवस्था गम्भीर रहेको सम्बन्धित अधिकारीहरुलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।
सबै घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । भिडभाड र हल्ला भइरहेको बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
घटना आइतबार राती भएको हो । सो बारेमा विस्तृत अनुसन्धान भइरहेको समाचारमा जनाइएको छ ।
प्रतिक्रिया