बंगलादेशको ढाकामा आगामी डिसेम्बर २१ देखि २९ सम्म हुने एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।
नेपाल भलिबल संघले अरुणा शाहीको कप्तानीमा सेन्ट्रल जोन खेल्ने १२ जना खेलाडीको सूची प्रकाशित गर्दै राष्ट्रिय टीमको घोषणा गरेको हो । गत साता छनोटका लागि बोलाइएको १५ खेलाडीमध्ये तीन जनालाई अन्तिम चरणबाट बाहिर राख्दै संघले टोलीको घोषणा गरेको हो ।
अन्तिम चरणमा छनोट हुने खेलाडीहरुमा अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, कृपा अधिकारी, सलिना श्रेष्ठ, उषा भण्डारी, कामना विष्ट, सफिया पुन, मनिषा चौधरी, लक्ष्मी चन्द र सुनिता खड्का रहेका छन् ।
कविता भट्ट, निरुता ठगुना र सरस्वती जैसी अन्तिम चरणमा टोलीमा पर्न असफल भएका थिए । राष्ट्रिय टोलिमा शान्ति थारु र लक्ष्मी चन्दले पहिलो पटक स्थान बनाएकी छिन् भने कृपा अधिकारी र मनिषा चौधरीले टोलिमा पुनः आगमन गरेका छन् ।
टोलीको प्रशिक्षकको रूपमा जगदिश भट्ट रहेका छन् । नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।
प्रतिक्रिया