म्याक्स वेरस्टाप्पेन बने नयाँ विश्व च्याम्पियन

म्याक्स वेरस्टाप्पेन बने नयाँ विश्व च्याम्पियन


आबुधाँबी ग्य्राण्ड प्री फर्मूला वानको उपाधि म्याक्स वेरस्टाप्पेनले जितेका छन् । वेरस्टापेनले फर्मुला वानको इतिहासमा सबैैभन्दा सनसनीपूर्ण रेसमा अन्तिम ल्यापमा विजय हासिल गरेका हुन् । वेरस्टापेनले अन्तिम ल्यापमा विश्व च्याम्पियन लुईस ह्यामिल्टनलाई पछि पार्दै विश्व च्याम्पियन बनेका हुन् । यो विजयसंगै उनी विश्व च्याम्पियन बन्ने नेदरल्याण्डका पहिलो खेलाडी बनेका छन् ।

रेसको समाप्तीसँगै वेरस्टापेनले खुशी व्यक्त गर्दै यो जीत अविश्वसनीय भएको बताए । सन् २०१३ पछि एफवनले पहिलो पटक उपाधि जितेको हो । यो भन्दाअघिका सातवटै संस्करण मर्सीडीजले उपाधि जित्दै आएको थियो ।

रेसको अन्तिम समयसम्म पनि ह्यामिल्टन अगाडि थिए । तर ५४ ल्यापमा निकोल्स लतिफीको कार दुर्घटना भयो । यो दुर्घटना भएपछि सबै ड्राइभरहरूले आफ्नो रफ्तार घटाउन बाध्य भए । यसैकोे फाइदा उठाउँदै वेरस्टाप्पेनले बाजी मारे । जितपछि बेरस्टाप्पेनले २६ अङ्क हासिल गर्दै कुल ३९५.५ अङ्कका साथ च्याम्पियन बन्न सफल भए ।

यो पराजयसँगै ह्यामिल्टनको आठौँ पटक विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भएको छ । ह्यामिल्टन र माइकल सुमाकरले सात, सात पटक यो उपाधि जितेर शीर्ष स्थानमा रहेका छन् ।