Representative image
सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर मङ्गलबार दुर्घटनाग्रस्त हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
लोप बुरी प्रान्तको आर्मी एभिएसन सेन्टरबाट तालिम उडानका क्रममा अन्य हेलिकप्टरसँग उडेको हेलिकप्टरमा मंगलबार बिहान छिमेकी प्रान्त नाखोन सावनमा आगो लागेको र दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले सेनाको स्रोतलाई उद्धृत गर्दै बताएका छन् ।
उक्त दुर्घटनाबारे थप अनुसन्धान शुरु गरिएको छ ।
प्रतिक्रिया