रमेश सिलवाललाई राखेपमा पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

रमेश सिलवाललाई राखेपमा पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश



राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाललाई परिषदको सदस्यसचिवमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आफूलाई जबर्जस्ती अवैधानिक तवरले हटाइएको भन्दै सिलवालले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

सर्वोच्चका न्यायाधिश हरि फुयाँलको एकल इजलासले सिलवाललाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो ।

इजलासले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेका नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई काम गर्न नदिन आदेश दिएको छ ।

ओली सरकारले नियुक्त गरेका तर अहिलेको सरकारले हटाएका नेपाल स्काउटका लोकबहादुर भण्डारी, युवा स्वरोजगार कोषका कल्याण रोक्का र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. कृष्णप्रसाद ओली पनि अदालतबाट अन्तरिम आदेशमार्फत पुनर्वहाली भएका छन् ।