जापान प्रवेश गरेका पन्ध्र जनामा ओमिक्रोन पुष्टि भएपछि थप सतर्कता अपनाउन अनुरोध

जापान प्रवेश गरेका पन्ध्र जनामा ओमिक्रोन पुष्टि भएपछि थप सतर्कता अपनाउन अनुरोध


  • टोकियो प्रतिनिधि

डिसेम्बर ७ देखि १२ तारिख अवधिबीच जापान प्रवेश गरेका १५ जना पुरुष र महिलालाई नयाँ कोरोना भाइरस ओमिक्रोन पोजेटिभ भएको जापान सरकारले जानकारी दिएको छ ।

डिसेम्बर महिनाको ७ देखि १२ गतेसम्म हानेदा, नारिता र कन्साई विमानस्थलमा आएका २० देखि ७० वर्षसम्मका १५ महिला र पुरुषमा ओमिक्रोन पुष्टि भएको जापानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एनएचकेले जनाएको छ ।

जर्मनी, युनाइटेड किंगडम (बेलायत), संयुक्त राज्य अमेरिका देशबाट आएर विमानस्थलमा क्वारेन्टाइनमी गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो । सक्रमितमध्ये तीन जनामा ​​खोकी र घाँटी दुखेको र पाँच जनामा ​​अन्य लक्षण देखिएको तथा अन्य सात जनामा ​​लक्षण नदेख़िएपनि संक्रमण पुष्टि भएको हो ।

संक्रमित एघार जनाले दुई पटक नै खोप लगाइएको एकजनाले खोप नलगाइएको र अन्य तीन जनाको बारेमा अनुसन्धान भैरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बुधबार एकैदिन १५ जनामा सक्रमण पुष्ठी भएसँगै जापानमा कुल ३२ जनामा ​​ओमिक्रोन संक्रमित भएका छन् । क्याबिनेट उप मुख्यसचिव इसोजाकीले नयाँ संक्रमित व्यक्तिहरूको निरीक्षण गर्दै र चाँडै पत्ता लगाउन सबै प्रयासलाई तदारूकताका साथ लाग्ने बताएका छन् ।

वर्षको अन्त्यका वार्षिक कार्यक्रमहरूका पार्टीहरू, क्रिसमस र नयाँ वर्षको बिदाहरूका कारण सामाजिक(आर्थिक गतिविधिहरू अझ बढी सक्रिय हुँदा संक्रमणलाई झन् फैलाउन सक्ने भएकोले मास्क राम्रोसँग लगाउन अनुरोध गर्दै थप सतर्कताका अपनाउन उनले अनुरोध गरेका छन् ।