सओमद्वारा पाँच लाखको खेल सामाग्री प्रायोजन

सओमद्वारा पाँच लाखको खेल सामाग्री प्रायोजन



सिओम टेबलटेनिस नेपालले नेपाल एपीएम टेबलटेनिस प्रा.लि.लाई ५ लाख रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरेको छ । एपीएफको आयोजनामा हुने प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताका पदक विजेतालाई प्रोत्साहन स्वरुप खेल सामाग्री दिइएको हो ।

सिओमका प्रबन्ध निर्देशक ज्याकी महर्जनले एपीएमका निर्देशक दानबहादुर महतालाई एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण गरे ।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्ससहित विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । सबै स्पर्धाका विजेतालाई प्रोत्साहन स्वरुप खेल सामाग्री पुरस्कारका रुपमा दिइने निर्देशक महताले जनाएका छन् । पुरुष/महिला सिंगल्समा भने नगद पुरस्कार पनि राखिएको छ । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय/२ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा सांग्रिला डेभलोप्मेन्ट बैंक लिमिटेड रहेको छ भने सह-प्रायोजकमा पूर्णशंकर श्रेष्ठ छन् । प्रतियोगितामा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफकासहित जम्मा ३ सय ५० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु भैसेपाटीमा खेलाइने छ ।