कांग्रेस महामन्त्रीमा पराजित भएलगत्तै रक्षामन्त्री रिजालद्वारा राजीनामा

कांग्रेस महामन्त्रीमा पराजित भएलगत्तै रक्षामन्त्री रिजालद्वारा राजीनामा



कांग्रेस महामन्त्री पदमा निर्वाचन हारेपछि रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । कांग्रेस संस्थापनइतर पक्षका प्रभावशाली नेता रहेकाडा. रिजालले महामन्त्रीको निर्वाचन परिणाम घोषणा भएलगत्तै सिंहदरबार पुगेर प्रधानमन्त्री देउवासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

महामन्त्री पदको परिणामले आफूलाई पदमा बसिरहन नैतिक रुपले नदिएको अनुभूति आफूले गरेको भन्दै मन्त्री रिजालले राजीनामा दिएका हुन् । कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री उम्मेदवार रहेका रिजाललाई ८०९ मत हासिल भएको थियो । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।