पूर्व विश्व नम्बर एक अमेरिकी महिला टेनिस खेलाडी सेरेना विलियम्स अर्को महिना शुरु हुने अष्टे«लियन ओपनमा भाग नलिने भएकी छन् । खुट्टामा चोट लागेको कारण सेरेनाले वर्षको पहिलो ग्य्राडस्ल्याम अष्ट्रेलियन ओपन नखेल्ने निर्णय गरेकी हुन् । यो भन्दाअघि सन् २०२१ मा युएस ओपनमा पनि चोटका कारण सेरेना बाहिरिनु परेको थियो ।
सेरेनाले सात पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । सेरेनाले सन २०१७ मा अन्तिम पटक अष्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन् ।
चोटका कारण अष्ट्रेलियन ओपनबाट नाम फिर्ता आफुलाई निकै दुःख लागेको सेरेनाले बताएकि छिन् । मेलबर्न आफूलाई मनपर्ने स्थलमध्यको एक भएको बताउँदै भनेकी छन्, ‘म शारीरिक रूपमा जहाँ हुनुपर्ने थियो, त्यहाँ नभएको गुनासो पोखेकी छिन् ।
चोटका कारण सन् २०२१ सेरेनाको लागि निकै पीडादायक रह्यो । २०२१ मा अष्ट्रेलियन ओपनको सेफाइनलसम्म पुगे पनि उनी जापानी किशोरी नाओमी ओशाकासँग सोझो सेटमा पराजित हुनुपरेको थियो ।
सेरेना चोटकै कारण विम्बल्डनको पहिलो राउण्डबाटै वाहिरिएकि थिइन् । लगातार चोटका कारण उनको प्रदर्शनमा समेत प्रभाव परेको छ । अहिले उनी विश्व वरियता क्रममा ४१औँ स्थानमा झरेकी छन् ।
सेरेनाले अहिलेसम्म २३ सिंगल ग्य्राण्डस्ल्याम जितेकी छिन् । त्यसमध्ये २००३, २००५, २००७, २००९, २०१०, २०१५ र २०१७ मा सात पटक अष्ट्रेलियन ओपनको उपाधि जित्न सफल भएकी थिइन् ।
प्रतिक्रिया