मनास्लुद्वारा पारा तेक्वान्दो खेलाडी पलेशा सम्मानित

मनास्लुद्वारा पारा तेक्वान्दो खेलाडी पलेशा सम्मानित


मनास्लु वर्ल्ड कलेजले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई सम्मान गरेको छ । पलेशाले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै देशको प्रतिष्ठा अभिवृद्धि गरेकोमा खेलकुद क्षेत्रबाट पलेशालाई सम्मान गरेको हो ।

त्यस्तै विभिन्न क्षेत्रमा योगदान पुर्‍याएवापत अन्य तीन व्यक्तित्वलाई पनि मनास्लुले सम्मान गरेको थियो । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा मनास्लुले आफ्ना विद्यार्थीको सम्मानमा आयोजित स्वागत तथा विदाइ कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो ।

टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी पलेशाले २ खेल जित्दै इतिहास रचेकी थिइन् । बहराइनमा भएको एसियाली पारा युथ गेम्सको तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिपको कांस्य विजेता पनि हुन् ।

गत वर्ष मनास्लुले खेलकुद क्षेत्रबाट १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मान गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, मनास्लुका अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठले पलेशालाई दोसल्ला र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सम्मानित हुने अन्यमा शिक्षाविद् कर्णबहादुर शाही, वरिष्ठ पत्रकार जिवराम भण्डारी तथा गायक र सामाजिक अभियन्ता धिरज राई रहेका छन् ।