महानगरीय प्रहरी परिसरको प्रमुखमा सुदिप गिरी

महानगरीय प्रहरी परिसरको प्रमुखमा सुदिप गिरी


काठमाडौँ जिल्लाको सुरक्षाको जिम्मा पाएको महानगरीय प्रहरी परिसरको प्रहरी प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुदिप गिरी खटाइएका छन् ।

यसअघिका प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सरुवा गरिएपछि गिरीले महानगरीय प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् । उनलाई यसअघि नै सरुवा गरिएको भए पनि अहिले मात्र सो निर्णय कार्यान्वयन भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिएका छन् ।

गिरी यसअघि प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोमा कार्यरत थिए । भैरहवा विमानस्थलमा दरवन्दी सिर्जना गरिएपनि कार्यान्वयनको चरणमा नगएकाले हाललाई सिंह प्रहरी प्रधान कार्यालयमै रहने जनाइएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुखमा एसएसपी सुरेन्द्र मैनालीलाई सरुवा गरी पठाइएको छ । हालका प्रमुख (एसएसपी) राजेश वास्तोला लामो विदामा गएकाले मैनालीलाई पठाइएको प्रवक्ता कुँवरले जानकारी दिएका छन् ।