जापानमा ओमिक्रोन भेरियन्टको त्रास

जापानमा ओमिक्रोन भेरियन्टको त्रास


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

विश्वभर संक्रमणको त्रास फैलाएको कोरोनाको ओमिक्रोन भेरियन्टले उच्च सतर्कताको बाबजुद जापानमा पनि संक्रमणको महामारी फैलाउने संकेत गरेको छ ।

संक्रमण रोक्नका लागि कडा क्वारेन्टिन तथा नवप्रवेशीहरुको यात्रा नै प्रतिबन्ध गरेको भए पनि जापानमा डिसेम्बर १७ तारिखसम्मको अपडेटमा ५० जनामा संक्रमण पुष्टि भइसकेको छ । अत्यन्तै छिटो सर्ने क्षमता भएको ओमिक्रोन संक्रमण जोखिम (संक्रमितहरुको सम्पर्कमा आएका)मा १ हजार जनाभन्दा बढी मानिसहरु सुचिकृत भइसकेका छन् ।

हालसम्म जापानमा संक्रमण पुष्टि भएको सबै विदेशबाट आउनेहरु तथा उनिहरुको नजिकको सम्पर्कमा पुगेका मानिसहरु रहेका छन् । तर यहि संक्रमण दर कायम रहे जापानमा अब ओमिक्रोन समुदाय स्तरमा संक्रमण देखिने सम्भावना बढ्दै गएको छ ।

विदेशबाट फर्किएर होम क्वारेन्टिनमा रहेका युवतीमा देखिएको ओमिक्रोन संक्रमण तथा उनको माध्यमबाट अन्य व्यक्तिहरुमा सरेको पुष्टि भएपछि अघोषितरुपमै क्वारेन्टिन नियम कडा हुने आँकलन गरिएको छ । यसका अलवा संक्रमण संख्या बढ्दै गए सीमाहरु थप कडा हुन सक्नेछ ।