दुवै मात्रा खोप लगाएका सङ्क्रमितको मृत्यु

दुवै मात्रा खोप लगाएका सङ्क्रमितको मृत्यु



बैतडीमा कोरोना भाइरसविरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

गत बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिएका छन् । उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धको शरिरमा अक्सिजन लेभल ७५ प्रतिशत भन्दा कम रहेको थियो ।

कोभिसिल्डको दुवैमात्रा लगाएका ती वृद्धको कमजोर स्वास्थ्य अवस्था, अक्सिजन कम र शरिरमा अत्याधिक ‘इन्फेक्सन’ भएर मृत्यु भएको अस्पतालले जनाएको छ । कृत्रिम अक्सिजन दिँदा पनि कोरोनाका कारण शरिरमा इन्फेक्सन धेरै भएकाले बचाउन नसकिएको अस्पतालको भनाइ छ ।

यससंँगै बैतडीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । जिल्लामा हाल तीन जना मात्रै सक्रिय सङ्क्रमित छन् ।