चर्चभित्र बालकको शंकास्पद मृत्यु, स्थानीयद्वारा छानबिनको माग

चर्चभित्र बालकको शंकास्पद मृत्यु, स्थानीयद्वारा छानबिनको माग


symbolic image


बुटवलस्थित एक चर्चमा ९ वर्षीय बालकको शंकास्पद मृत्यु भएको छ । स्थानीय आरएस खड्गी नामका नौ वर्षीय बालकको शव चर्चभित्रै झुण्डिएको अवस्थामा फेलापरेको हो ।

बुद्धनगरमा एक भाडाको घरमा सञ्चालित चर्चमा शनिबार मध्यान्ह बालक मृत फेला परेका हुन् । बालकका बुबा रजत खड्गी प्रार्थना गरिरहेको समयमा बालकले आत्महत्या प्रयास गरेको चर्चसम्बद्ध व्यक्तिहरुको दाबी रहेको बताइएको छ ।

झुण्डिएको अवस्थामा बालक फेला परेपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिए पनि उनको पहिले नै मृत्यु भइसकेको थियो । चर्चभित्र बालकले झुण्डिएर आत्महत्या गरेको दाबी गरिनु रहश्यमयी, सुनियोजित र शंकास्पद घटना भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । चर्च सञ्चालकहरुबाट बालकमाथि अप्राकृतिक हिंसा वा अन्य प्रकारको दुर्व्यवहार भएको हुनसक्ने आशंका गरिएको छ । अपराधको ढाकछोप गर्नका लागि बालकको हत्या भएको हुनसक्ने स्थानीयको भनाइ छ ।

इलाका प्रहरी कार्यालय बुटवलले घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै शवको पोस्टमार्टमपछि यथार्थ सार्वजनिक हुने जनाएको छ ।