एमालेको अनुपस्थितिमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक

एमालेको अनुपस्थितिमा सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक



प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आह्वान गरिएको पाँचदलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको छ । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवाको संयोजकत्वमा सुरु भएको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधव नेपाल र उपाध्यक्ष वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी भएका छन् ।

बैठकमा संसदमा जारी गतिरोध र समसामयिक विषयमा छलफल गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री देउवाका कानून विज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिएका छन् । पाँचदलीय सत्तारुढ गठबन्धनको बैठकपछि आजै संसदमा प्रतिनिधित्व गर्ने दलको सर्वदलीय बैठक बस्ने कार्यक्रम रहेको बताइएको छ ।

ज्ञातव्य छ, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रधानमन्त्रीद्वारा बोलाइएको सर्वदलीय बैठकमा सहभागी भएको छैन । एमालेले माधव नेपालहरु सहभागी हुने बैठकमा सहभागिता नजनाउने जानकारी पहिले नै गराएको थियो ।