ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका एघार खेलाडीलाई कोरोना पोजेटिभ

ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका एघार खेलाडीलाई कोरोना पोजेटिभ



ताञ्जानियाको राष्ट्रिय महिला फुटबल टिमका कम्तीमा पनि ११ जना खोलाडीलाई कोरोना पोजेटिभ भएको बताइएको छ । यहाँको २० वर्ष मुनिको राष्ट्रिय महिला फुटबल टिमका ११ जना खेलाडी र पाँच जना कर्मचारी गरी १६ जना कोरोना भाइरस पोजिेटिभ भएका बताइएको छ ।

यहाँका फुटबल अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार ती खेलाडीहरु अहिले खेलका लागि बुरुन्डी पुगेका थिए ।

उनीहरु बुरुन्डीमै कोरोनाबाट संक्रमित बनेका सिन्ह्वाले जनाएको छ । उनीहरु विश्वकपका लागि क्लालिफाइङ खेल खेल्न त्यहाँ पुगेका बेला पेजेटिभ भएका बताइएको छ । खेलाडीहरुले बुरुन्डीसँग खेल खेल्नका लागि तयारी गरिरेहका थिए । त्यसै क्रममा पीसीआर परीक्षण गरिएको र त्यसमा उनीहरु पोजेटिभ देखिएपछि उनीहरु खेल्न नपाएका हुन् ।