नेपाल टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक

नेपाल टेलिकमको सजिलो अनलिमिटेड पोस्टपेड प्याक


नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याइएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बनिरहेको जनाएको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्कबिना नै प्याकेजअवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिन्छ । त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिन्छ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकताअनुसार थप सुविधाहरू प्राप्त गर्न चाहेमा Add-On Pack समेत खरिद गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।

‘सजिलो अनलिमिटेड प्याक’ अन्तर्गत पोस्टपेडमा रु. ५९९, रु. ७९९, रु. ९९९ र रु. १४९९ का प्याकहरू उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरअन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी रु. ५९९ मा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ भने सजिलो अनलिमिटेड पोस्टपेड ७९९ अफरअन्तर्गत जम्मा रु. ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ ।

यस्तै, सजिलो अनलिमिटेड पोस्टपेड ९९९ अफरअन्तर्गत जम्मा रु. ९९९ मा अनलिमिटेड भ्वाइस र ४०० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १०० मिनेट अफ नेट भ्वाइस र १०० वटा अफ नेट सन्देश पठाउन सकिन्छ भने सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफरअन्तर्गत जम्मा रु. १४९९ मा अनलिमिटेड भ्वाइस, १००० वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १२० जिबी डाटा, २०० मिनेट अफ नेट भ्वाइस र २०० वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।

उल्लेखित सबै प्याक लिँदा जिएसएम पोस्टपेडमा लागु हुने रेन्टल चार्जवापतको रु. ३८४ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु *1415# डायल गरी प्राप्त निर्देशनअनुसार वा सहज रूपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिने बताइएको छ ।