जापानमा तीन कैदीलाई फाँसी

जापानमा तीन कैदीलाई फाँसी


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापानले डिसेम्बर २१ तारिख मंगलबार तीन जना कैदीलाई फासीको सजाय दिएको छ । सन् २०१९ यता जापानमा पहिलो पटक मृत्युदण्ड सजाय पाएका व्यक्तिलाई फाँसी दिइएको हो ।

डिसेम्बर २०२० पछि किशिदा प्रशासनले पहिलो मृत्युदण्ड सजाय पाएकालाई फाँसी दिएको हो । न्यायमन्त्री योशिहिसा फुरुकावाले आदेश दिएपछि तीन जनालाई फाँसी दिइएको जापानी समाचार संस्थाहरुले उल्लेख गरेका छन् । न्यायमन्त्रीले फुरुकावाले गम्भीर र जघन्य अपराध गर्नेहरूलाई मृत्युदण्ड दिनु अपरिहार्य भएको बताएका छन् ।

फाँसीको सजाय पाउनेमा सन् २००४ मा ह्योगो प्रिफेक्चरमा आफ्ना सात आफन्तको हत्या गर्ने ६५ वर्षीय यासुताका फुजिशिरो र सन् २००३ मा गुन्मा प्रिफेक्चरमा पाचिन्को पार्लरका दुई कर्मचारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका ५४ वर्षीय तोमोआकी ताकानेजावा र ४४ वर्षीय मित्सुनोरी ओनोगावा रहेका छन् ।