नेका मधेसी कोटाका पाँच केन्द्रिय सदस्यको परिणाम सार्वजनिक

नेका मधेसी कोटाका पाँच केन्द्रिय सदस्यको परिणाम सार्वजनिक


नेपाली कांग्रेसको केन्द्रीय सदस्य मधेसीतर्फका पाँच जनाको मतपरिणाम सार्वजनिक भएको छ । विनोद चौधरीसहित सो कोटाका पाँचजनाको नतिजा सार्वजनिक भएको हो ।

मधेसी कोटाबाट कांग्रेस केन्द्रिय सदस्य पदमा विजय हासिल गर्नेहरुमा अजय चौरसिया (२५२२ मत), चन्द्रमोहन यादव (२१३८ मत), दिनेश कुमार यादव (१९५९ मत), महेन्द्रकुमार राय (१९८४ मत) र विनोद चौधरी (२२०६ मत) रहेका छन् ।

निर्वाचित भएकामध्ये चन्द्रमोहन यादव (पूर्वराष्ट्रपति रामवरण यादवका छोरा) बाहेक सबै संस्थापन पक्षका हुन् ।

यस्तै, कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । कूल १,६४० मतका साथ श्रेष्ठ विजयी भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी बाबुकृष्ण सापकोटाले ८८७ मत प्राप्त गरेका थिए । अपाङ्गतातर्फ १२ उम्मेदवार प्रतिस्पर्धामा थिए । प्राप्त मतपरिणाम अरुण केसीले ३२७, उदयबहादुर लिम्बूले २३२, गोपालबहादुर देउवाले २२९, कुमार कँडेलले १०५, धीरेन्द्रकुमार सिंहले १९८, पुष्करकुमार खड्काले १०२, प्रकाश पन्थले २३९, माधवप्रसाद चम्लागाईँले १९८, वसन्तबहादुर भुजेलले १७१ र शिवहरि नेपालले २९० मत प्राप्त गरेका छन् ।