डुरान्ड लाइनमा पाकिस्तानद्वारा खडा गरिएको काँडेतार तालिबानद्वारा ध्वस्त

डुरान्ड लाइनमा पाकिस्तानद्वारा खडा गरिएको काँडेतार तालिबानद्वारा ध्वस्त



अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लास्थित डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडेतार तालिबानले ध्वस्त पारेको छ । पाकिस्तानी सेनाले यसलाई फराकिलो बनाउन चाहेपछि काँडे तार भत्काएर अफगानिस्तान लगिएको एएनआईले उल्लेख गरेको छ ।

सीमावर्ती जिल्ला गुस्तामा भएको उक्त अपरेशनको नेतृत्व गुप्तचर महानिर्देशनालय (जीडीआई)का प्रादेशिक प्रमुख डाक्टर बशीरले गरेका थिए ।

घटनापछि पाकिस्तानी सेनाले सोमबार राति कुनार प्रान्तमा तोपबारी गरेको बताइएको छ।

पाकिस्तान र अफगानिस्तान बीच लगभग २,४०० किलोमिटर फैलिएको डुरान लाइनमा पाकिस्तानले लगभग आफ्नोतर्फको सिमामा काँडेतार लगाउने काम लगभग पूरा गरिसकेको थियो ।