जापानद्वारा अन्तरिक्ष यात्रीहरुको आवेदन माग

जापानद्वारा अन्तरिक्ष यात्रीहरुको आवेदन माग


  • विशेष प्रतिनिधि, टोकियो (जापान)

जापान स्पेस एजेन्सीले १३ वर्षपछि पहिलो पटक नयाँ अन्तरिक्ष योजनाका लागि अन्तरिक्ष यात्रीहरुको आवेदन माग गरेको छ ।

जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीले सन् २०२३ मार्चसम्ममा नयाँ अन्तरिक्ष यात्रीहरुको भर्ना प्रकृया सक्काउने लक्ष लिएको छ । कम्तिमा चार पटकको सम्बन्धित परीक्षापछि मात्रै आगमी अन्तरिक्ष प्रोजेक्टको अन्तरिक्ष यात्रीको रुपमा भर्ना गरिने उल्लेख गरिएको छ ।

अन्तरिक्ष अनुसन्धान तथा अध्ययनको कम्तिमा तीन वर्षको अनुभव भएका व्यक्तिहरुले आवेदन दिन सकिने उल्लेख गरिएको छ । यसका अन्य प्रक्रिया तथा सीमाहरुको बारेमा जापान एरोस्पेस एक्स्प्लोरेशन एजेन्सीको वेवसाइटमा हेर्न सकिनेछ ।

संयोगवश, पहिलो जापानी अन्तरिक्ष पर्यटक १२ दिन अन्तरिक्ष बसेर फर्किएसँगै स्पेस एजेन्सीले जनशक्ति माग भएको छ । जापानी व्यवासायी माएजावाको अन्तरिक्ष भ्रमणले अन्तरिक्षका बारेमा चासो राख्नेहरुमा थप रुचि जगाइदिएको छ ।