आफ्नो खेत बाँझो राखेर अरुलाई पानी दिन नमिल्ने ओलीको उद्घोष

आफ्नो खेत बाँझो राखेर अरुलाई पानी दिन नमिल्ने ओलीको उद्घोष



नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् । कपिलवस्तुको बहादुरगंजमा आयोजित जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरु एमाले प्रवेश कार्यक्रममा ओलीले भने, ‘यता नेपालतर्फ बाँझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ, यस्तो त हुँदैन ।’ कपिलवस्तुमा कृषि सिचाइँको लागि अब नौमुरे योजना छिट्टै सुरु हुने उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेसँग मात्र देश बनाउने नीति भएको बताए ।

नेकपा एमालेले बेसहारा, अभिभावकविहीनको पार्टी नेकपा एमाले भएको उनको भनाइ थियो । एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको जानकारी दिए । कपिलवस्तुलाई औद्योगिक शहर बनाउने योजनाका साथ अघि बढ्ने बताए ।

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा भारतसँग सुमधुर सम्बन्ध स्थापित गरेको पनि उल्लेख गरे ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेष्ठनागरिकलाई स्वास्थ्यका लागि एमाले सरकारले औषधी उपचारको ब्यवस्था गरेको बतए । कपिलवस्तु जिल्लाले अब विकास चाहेको हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने बताए ।

आफू प्रधानमन्त्री हुँदा कपिलवस्तुको तौलिहवा शहरलाई ५० लाख रकम विनियोजन तथा सडक पूर्वाधारको लागि रकम विनियोजन गरेको भन्दै ओलीले जनता अवास कार्यलाई निरन्तरता दिइ फुसको छानोमुक्त गाउँ विकास स्थानीय तह एवम् पालिकालाई अनुरोध गरे ।

एमालेमा प्रवेश गरेका नेता मंगलप्रसाद गुप्तालाई स्वागत गर्दै नेकपा एमाले गरिव दुःखीको पार्टी भएकोले एमालेमा प्रवेश गर्नेको जनलहर बढेको अध्यक्ष ओलीले बताए । ओलीले आफू ७० वर्षको भए पनि १८ घन्टा काम गर्ने जानकारी दिए र भने, यसैगरी सबैले काम गर्नुस्, पार्टी अघि बढ्छ ।मात्र पार्टी अघि बढ्छ ।

कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आफूहरु जनताबाट नडराएको भन्दै आफूहरुले चुनाव चाहे पनि देउवा सरकार चुनावसँग डराएको आरोप लगाए ।

जनता समाजवादी पार्टी नेपालबाट एमाले प्रवेश गरेका केन्द्रीय नेता मंगलप्रसाद गुप्ताले आफ्नो क्षेत्रलाई एमालेमय बनाउने उदघोष गरे । अन्य पार्टी परित्याग गरी करिब ६ हजार बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले कपिलवस्तुका अध्यक्ष झविलाल पोखरेलले दाबी गरेका छन् ।