जिल्ला न्यायाधीशको नतिजा प्रकाशानार्थ न्याय सेवा आयोगको बैठक बुधबार

जिल्ला न्यायाधीशको नतिजा प्रकाशानार्थ न्याय सेवा आयोगको बैठक बुधबार



प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्याय सेवा आयोगको बैठक बुधबारका लागि बोलाउनुभएको छ । आयोगको बुधबार अपराह्न ३ बजे बस्ने बैठकले जिल्ला न्यायाधीशको लिखित परीक्षाको नजिता प्रकाशन गर्नेछ ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार जिल्ला न्यायाधीशको लिखित परीक्षाको नतिजा प्रकाशन गर्नका लागि भोलि ३ बजे न्याय सेवा आयोगको बैठक बस्न लागेको हो ।

आयोगमा प्रधानन्यायाधीश अध्यक्ष रहने व्यवस्था छ भने सदस्यमा कानून न्याय तथा संसदीय मामिलामन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोकसेवा आयोगका अध्यक्ष रहने कानूनी व्यवस्था रहेको छ ।