बुधबार नेपालमा २३६ जनामा संक्रमण पुष्टि, एक जनामा ओमिक्रोन संक्रमण

बुधबार नेपालमा २३६ जनामा संक्रमण पुष्टि, एक जनामा ओमिक्रोन संक्रमण



नेपालमा बुधबार थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत २४ घन्टामा ७ हजार २३३ पीसीआर तथा ४ हजार ४३ एन्टिजेन परीक्षण भएकोमा उल्लिखित संख्यामा संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या अब ११ हजार ५ सय ७९ पुगेको छ ।

बुधबार २७२ जना कोरोना संक्रमणमुक्त भएका र देशभर हाल ५,१८५ सक्रिय संक्रमित रहेका पनि बताइएको छ ।

यसै क्रममा नेपालमा थप एक जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार ९८ वर्षीय एक वृद्धमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पाइएको हो । यसअघि दुई जना विदेशीमा नयाँ भेरियन्ट पुष्टि भएको थियो ।