विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । आज एक विज्ञप्ति जारी गरी दर्शनाले पार्टीको मूल नेतृत्वप्रति असन्तुष्टि जनाएकी छन् । पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी उनले पार्टीबाट अलग भएको घोषणा गरेकी हुन् ।
‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु’, दर्शनाको विज्ञप्तिमा भनिएको छ ।
आगामी स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिरुपमा सक्रिय हुने भन्दै युवानेतृ दर्शनाले सो पत्रमा राजनीतिक यात्राको मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको सङ्गठन, मूल नेतृत्व नै सही नभएको आरोप लगाएकी छन् । उनी तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य हुन् भने स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवारसमेत बनेकी थिइन् ।
प्रतिक्रिया