मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो


माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । सम्बन्धित समुद्री अधिकारीहरूले बिहीबार २१ वटा शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको हो ।

सामुद्रिक अधिकारीहरूले सोमबार डुबेको १२ फिट लामो डुङ्गा (जहाज) मा १३८ जना सवार रहेको र ५० जनाको मात्रै उद्धार गरिएको बताएक छन् । मृत्यु हुनेमा पाँच बालबालिका रहेका छन् ।

यात्रुहरू बोक्नका लागि अनुमति प्राप्त नभएको उक्त काठको जहाज एन्टसेराका गाउँबाट सोआनिराना-इभोङ्गोको तर्फ लगभग १०० किलोमिटर (६ माइल) दक्षिणतर्फ प्रस्थान गर्दै थियो ।

नदी र सामुद्रिक बन्दरगाह एजेन्सीका एड्रियन फेब्रिस रत्सिम्बाजाफीलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार प्रारम्भिक अनुसन्धानले जहाजको इन्जिनमा प्राविधिक समस्या भएको देखाएको छ।