चार्ल्स शोभराजको मुद्धामा तीन दिनभित्र लिखित जवाफ माग

चार्ल्स शोभराजको मुद्धामा तीन दिनभित्र लिखित जवाफ माग



‘बिकिनी किलर’का रूपमा परिचित कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराज गुरुमुखलाई ज्येष्ठ नागरिकले पाउने सुविधा दिनुपर्ने हो कि होइन तीन दिनभित्र लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले सरकारका नाममा आदेश गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले उक्त विषयमा तीन दिनभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

आफ्नो कैद अवधि भुक्तान भइसकेको दाबीसहित दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा उक्त आदेश भएको हो । चार्ल्सको रिट निवेदनमा ज्येष्ठ नागरिकले पाउनुपर्ने सुविधाअनुसार आफूले कैद भुक्तान गरिसकेको उल्लेख छ ।