नेपाल प्रहरीका बहालवाला एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) सुशील यादव झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार मध्याह्न निवासमा झुन्डिएको अवस्थामा मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरका अनुसार घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
२०४९ सालमा सेवा प्रवेश गरेका ५५ वर्षे यादवले उमेर हदका कारण आगामी माघ १५ गते अवकाश पाउँदै थिए । उनले आत्महत्या गरेका हुन् वा अन्य कारणले मत्यु भएको हो, खुलासा भइसकेको छैन ।
प्रतिक्रिया