बङ्गलादेशको दक्षिणी जिल्ला झालाकाथीमा शुक्रबार एक नदीमा खचाखच भरिएको डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० जनाको मृत्यु भएको प्रशासनले पुष्टि गरेको छ ।
ढाका त्रिब्युनले दिएको जानकारीअनुसार धेरै यात्रुहरु जलेर गम्भीर घाइते भएकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्ने सम्भावना रहेको छ ।
बारीसालको शेर–ए–बङ्गला मेडिकल कलेज एन्ड हस्पिटल (एसबिएमसीएच)का सहायक निर्देशक डा. मोनिरुज्जामानले भन्नुभयो, ‘घाइतेमध्ये ५०५ सम्म जलेका ६६ मध्ये १८ जना महिला रहेका छन् भने बाँकीको अवस्था पनि गम्भीर रहेको छ ।’
उहाँले थप्नुभयो, ‘आगोमा जलेर गम्भीर घाइते भएका तीन जना महिला र चार जना पुरुषलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि ढाका मेडिकल कलेज र अन्य अस्पतालहरूमा पठाइएको छ ।’
अग्नि नियन्त्रण सेवाका अधिकारीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार ७० जनाभन्दा बढी यात्रुहरू स्थानीय अस्पतालमा पठाइएको बताएका छन् । आगो इन्जिन कोठाबाट सुरू भइ मानिसहरू खचाखच भएका अन्य कक्षमा फैलिएको प्रारम्भिक अनुसन्धानले देखाएको उनीहरूले बताए ।
दापडापिया क्षेत्रमा पुग्दा बिहान ३ बजेको समयमा आगोको ज्वाला देखिएको र उक्त डुङ्गा झलाकाथी सदर उपजिल्लाको दियाकुल क्षेत्रमा गएर नदीको किनारमा अवतरण गराइएको थियो ।
प्रतिक्रिया