साना किसान कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

साना किसान कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न



धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ कम्पुरको साना किसान कृषि सहकारी संस्थाले आफ्नो २२औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सहकारीले १ करोड़ १८ लाख ५ हजार नाफा कमाउन सफल भएको शनिबार सम्पन्न साधारणसभामा जानकारी दिइयो ।

उक्त सहकारीमा २ करोड ६० लाख शेयर र १८ करोड रुपैयाँ निक्षेप रकम रहेको छ । संस्थाका अध्यक्ष खिलनारायण श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतित्थ्यता रहेको थियो ।

संस्थाका प्रबन्धक विष्णुप्रसाद थपालियाले सभा संचालन गर्दै हालसम्म सहकारीमा १ हजार ९ सय ७ शेयर सदस्यहरु रहेका जानकारी दिए ।