सप्तरीमा एकाबिहानै महिलाको हत्या

सप्तरीमा एकाबिहानै महिलाको हत्या



सप्तरीको छिन्नमस्ता गाउँपालिका-१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ ।

स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटेर बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको हो । स्थानीयवासी शुभनारायण यादवका अनुसार घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको थियो ।

घटनाको जानकारी मिलेलगत्तै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र अनुसन्धान जारी रहेकोले घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।