आगामी पुस २७ गते १६ वटा जिल्लामा नेपाली कांग्रेसको अधिवेशन हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको सोमबार बसेको बैठकले पार्टीको १४औँ महाधिवेशनका लागि अधिवेशन हुन नसकेका १६ जिल्लाको अधिवेशन २७ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको हो ।
कांग्रेस निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार ले जानकारी कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला अधिवेशन हुन बाँकी छ । ती जिल्लामा २७ गते अधिवेशन गर्न लागिएको हो ।
यसअघि कांग्रेसको सातै प्रदेशको प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया