नेपालको अर्थतन्त्र एकथरीको कब्जामा

नेपालको अर्थतन्त्र एकथरीको कब्जामा


अधिकाङ्श मारवाडी व्यापारीहरूले नेपालमा आर्जित रकम हुण्डीमार्फत बाहिर लैजाने गर्दै आएका छन् । धेरैजसो मारवाडी ब्यापारीले नेपाल छोड्दा यहाँ उनीहरूको ऋण बाहेक केही पनि नरहने अवस्था छ । तर बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू भने मारवाडीमाथि लगानी गर्न विशेष उत्साह दर्शाउने गर्दछन् ।

नेपालमा हाल कायम सत्ताइस वाणिज्य बैंकहरूमध्ये तीन वटा सरकारीबाहेक अधिकाङ्शमा मारवाडी व्यापारीको लगानी रहेको पाइएको छ । निजी क्षेत्रका बैंकहरूमध्ये नेपाल बङ्लादेश बैंक, हिमालयन बैंक, स्टयाण्डर्ड चार्टर बैंक, एभरेष्ट बैंक र एसबीआई बैंक बाह्य लगानीबाट सञ्चालित रहेका छन् । राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडलाई नेपालको सरकारी बैंकको रूपमा चिनिन्छ । बाँकी उन्नाइसमध्ये नविल बैंक, एनआइसी एशिया बैंक, सेन्चुरी बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, लक्ष्मी बैंक एनएमबी बैंक र सनराइज बैंकमा मारवाडी व्यापारीहरूको मूख्य लगानी रहेको छ । सिभिल बैंक, बैंक अफ काठमाडौं, सानिमा बैंक, सिटिजन इन्टरनेसनल बैंक र मेगा बैंकमा समेत मारवाडी व्यापारीहरूले आँखा लगाएको बताइन्छ । ग्लोबल आइएमई, इन्भेसमेण्ट, प्राइम कमर्सियल बैंक र प्रभु बैंक मात्र मारवाडी व्यापारीको लगानीबाट मुक्त प्रायः रहेको बुझिन्छ ।

त्यस्तै, देशका अढाइ दर्जन वीमा कम्पनीहरूमध्ये अधिकाङ्श मारबाडी व्यापारीहरूको स्वामित्वमा रहेको छ । मुलुकमा यतिबेला करिब तीन दर्जन बढी जीवन तथा निर्जीवन बीमा कम्पनी तथा दुई वटा पुनर्विमा कम्पनी रहेका छन् । दुई पुनर्विमा कम्पनीमध्ये एउटा (नेपाल रिइन्स्योरेन्स) कम्पनीको लगानीकर्ता दीपक भट्ट भएको बताइन्छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीका मालिक भने मारवाडी व्यापारी शेखर गोल्छा रहेका छन् । अधिकाङ्श जीवन र निर्जिवन वीमा कम्पनीहरूको स्वामित्व मारवाडी व्यापारीहरूमा रहेको र खास-खास समयमा कतिपय मारवाडी व्यापारीहरूले आफ्नो लगानीका उद्योग या स्टोरमा आफैंले आगो लगाएर केही सामानका साथ कर, भ्याट तथा भन्सारसँग सम्बन्धित कागजातहरू जलाइ प्रमाण मेट्ने र जलेका अन्य सामानको नक्कली विवरण पेस गरी बीमा कम्पनीबाट मोटो रकम असुल्ने गरेको पनि पाइएको छ ।

हाल नेपालमा नेपाल लाइफ, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाइफ, प्राइम लाइफ, सूर्य लाइफ, गुराँस लाइफ, युनियन लाइफ, सानिमा लाइफ, ज्योति लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, नेपाल इन्स्यारेन्स, हिमालयन जनरल, युनाइटेड, एभरेष्ट, प्रिमिएर, नेको, सगरमाथा, आइएमई, प्रुडेन्सिएल, लुम्बिनी, शिखर, सिद्धार्थ, एनएलजी, राष्ट्रिय विमा, प्रभु, जनरल, सानिमा जनरल, अजोड र मेटलाइफ नामका वीमा कम्पनीहरू रहेका छन् । उल्लिखित कम्पनीमध्ये पैंसठ्ठी प्रतिशतभन्दा बढी मारबाडीहरूको रहेको बुझिएको छ ।

बैंक र वीमा कम्पनी मात्र होइन सिमेण्ट, छड, कागज, कपडा जस्ता उद्योगहरूमा पनि मारवाडीहरूको मूख्य लगानी रहेको छ भने खाद्यान्न, गाडी, स्याम्पु, साबुन, सफाइका अन्य सामाग्री, मदिरा, चुरोट, खैनी, चकलेट, पेस्ट, टूथब्रस लगायतका सामाग्रीको ब्यापारमा पनि मारवाडीकै लगानी र नियन्त्रण रहेको देखिन्छ । ज्ञातव्य छ, केहीलाई छोडेर अधिकाङ्श मारवाडी व्यापारीहरूले नेपालमा आर्जित रकम हुण्डीमार्फत बाहिर लैजाने गर्दै आएका छन् । धेरैजसो मारवाडी ब्यापारीले नेपाल छोड्दा यहाँ उनीहरूको ऋण बाहेक केही पनि नरहने अवस्था छ । तर बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू भने मारवाडीमाथि लगानी गर्न विशेष उत्साह दर्शाउने गर्दछन् ।