दक्षिण सुडानको सुनखानीमा भएको दुर्घटनामा ३८ जनाको मृत्यु

दक्षिण सुडानको सुनखानीमा भएको दुर्घटनामा ३८ जनाको मृत्यु



दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ । सो खानीमा परी अरु पनि केही व्यक्ति घाइते भएका सिन्ह्वाले जनाएको छ ।

दक्षिण सुडानको पश्चिमी क्षेत्र वेस्ट कोर्दाफानमा रहेको सो खानीमा अकस्मात विस्फोट भएको थियो । अकस्मात बिस्फोटपछि भत्किएको भग्नावशेषमा परेर ३८ जनाको ज्यान गएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले सो खानी असुरक्षित रहेको भन्दै त्यसलाई सञ्चालन नगर्न भनिएको भए पनि सञ्चालनमा ल्याएका कारण यस्तो दुर्घटना भएको बताएको छ ।