टोकियोको शिबुया वार्डमा ओमिक्रोनको चिन्ताले काउन्टडाउन कार्यक्रम रद्द

टोकियोको शिबुया वार्डमा ओमिक्रोनको चिन्ताले काउन्टडाउन कार्यक्रम रद्द


  • जापान प्रतिनिधि

जापानको राजधानी टोकियोको शिबुया वार्डमा वर्षको अन्त्य र नयाँ वर्षको सुरुवातको समयमा हुने ‘काउन्टडाउन’ कार्यक्रम यस वर्ष पनि रद्द गरिएको छ । कोरोना भाइरसको फैलावट रोक्नको लागि गत वर्षजस्तै यस वर्ष पनि काउन्टडाउन कार्यक्रम रद्द गरिएको हो । शिबुया वार्ड टोकियोले शिबुया स्टेशन वरपरको वर्ष अन्तको काउन्टडाउन कार्यक्रम रद्द गर्ने निर्णय गरेको हो ।

शिबुया वार्ड टोकियोले हरेक वर्ष नयाँ वर्षको पूर्वसन्ध्यामा शिबुया स्टेशनवरिपरि वर्ष अन्त काउन्टडाउन कार्यक्रम आयोजना गर्ने गरेको थियो । यसअघि यस वर्षको अन्त्यमा यस्तो कार्यक्रम गर्ने तयारी गरिए पनि संक्रमित व्यक्तिहरूको संख्या बढ्दो र ओमिक्रोन स्ट्रेनको विस्तारको बारेमा चिन्ता थपिँदै गएपछि कार्यक्रम रद्द गर्ने निर्णय गरिएको शिबुया वार्डले जनाएको छ ।

थप रूपमा शिबुया स्क्र्याम्बल्ड क्षेत्रको वरिपरि मानिसहरू भेला हुन र भीडभाड हुनबाट रोक्नको लागि अपरेटरको अनुरोधमा स्टेशन अगाडि रहेका १३ वटा ठूला दृश्यहरु देखिने टेलिभिजनका पर्दा राति ११ बजेपछि बन्द गरिने भएको छ ।

टिकटकको सहयोगमा युवाहरूलाई काउन्टडाउनुको उद्देश्यका लागि शिबुया भ्रमण नगर्न वार्डले भिडियो सन्देश दिने बताएको छ ।

शिबुया वार्डका मेयर केन हासेबेले स्थिति अप्रत्याशित रूपमा बिग्रँदो र ओमिक्रोन स्ट्रेनको चिन्ताका कारण वर्षको अन्त्य र नयाँ वर्षको बिदामा शिबुया स्टेशनवरपरका पार्कहरू र सडकहरू जस्ता सार्वजनिक स्थानहरूमा मद्यपानसमेत निषेध गरिएको बताए ।