तेलको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक सम्पर्कविहीन

तेलको ट्याङ्कर त्रिशूलीमा खस्यो, चालक र सहचालक सम्पर्कविहीन


symbolic image


नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खसेको छ । तेल बोकेको ट्याङ्कर बुधबार साँझ त्रिशूलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका-६ नौ किलो भन्ने स्थानबाट त्रिशूलीमा खसेको हो ।

ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको बताइएको छ । ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ भने घटनालगत्तै उद्धार र खोजी कार्यमा प्रहरी जुटेको अधिकारीको भनाइ छ ।