एनसीसी बैंक र होटल सिराइचुलीबीच विभिन्न अफरसहितको सम्झौता

एनसीसी बैंक र होटल सिराइचुलीबीच विभिन्न अफरसहितको सम्झौता



विगत २५ वर्षदेखि बैँकिङ सेवा प्रदान गर्दै आएको एनसीसी बैंकले ग्राहकमाझ विभिन्न सेवा-सुविधा ल्याउँदै आएको छ । नेपाल राष्ट्र बैँकबाट ‘क’ वर्गको इजाजत प्राप्त सो बैँकले ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा-सुविधाले ग्राहकहरु आकर्षित भइरहेका छन् ।

यसैक्रममा हालै एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको चार तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ ।

बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । होटलले फुड एण्ड बेभरेजमा १० प्रतिशत, र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउने छ ।

हालसम्म एनसीसी बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा ११ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।