प्रधानसेनापति शर्मा ‘स्वास्थ्य परीक्षणका लागि’ भारत प्रस्थान गर्दै

प्रधानसेनापति शर्मा ‘स्वास्थ्य परीक्षणका लागि’ भारत प्रस्थान गर्दै


प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणका लागि भारत जानुहुनेभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १५ गते बैठकले उहाँको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको छ ।

उहाँको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।