ललिता निवास जग्गा प्रकरणसम्बद्ध १२० जनाविरुद्ध पक्राउ पुर्जी

ललिता निवास जग्गा प्रकरणसम्बद्ध १२० जनाविरुद्ध पक्राउ पुर्जी


दोषी राजनीतिकर्मीहरूलाई जोगाउन खोजेको आरोप

ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १२० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गत आइतबारयता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र आज शुक्रबार आठ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले जानकारी दिएका छन् ।

सरकारी जग्गा गर्ने प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीका अलावा केही राजनीतिकर्मीहरू समेत जोडिएका थिए ।

उक्त प्रकरणको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ भने प्रकरणमा जोडिएका कतिपय राजनीतिकर्मीलाई सत्ताको दबाबमा जोगाउन खोजिएको आरोप आम तप्काबाट लाग्दै आएको छ ।