बलेवा सेवा समाज जापानको नयाँ कार्यसमिति

बलेवा सेवा समाज जापानको नयाँ कार्यसमिति


  • जापान प्रतिनिधि

बलेवा सेवा समाज जापानको अध्यक्षमा टिकाराम रिजाल विमल चयन भएका छन् । समाजको छैठौँ अधिवेशनले रिजालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा विकास केसी, उपाध्यक्षहरुमा सुरेन्द्र पौडेल, एलपी शर्मा, सीता चापागाईं, शान्ति केसी बस्नेत, महासचिवमा अर्जुन लामिछाने, सचिवमा सन्तोष सापकोटा, कोषाध्यक्षमा महेन्द्र ढकाल, सह कोषाध्यक्षमा दिपेन्द्र गिरि र प्रवक्तामा गोविन्द्र पौडेल छानिएका छन् ।

अधिवेशनले राजिव केसी, दिपेन्द्र रिजाल, रामु पौडेल, मिलन पौडेल, किस्मत पाठक, मनोज पाठक, दिपक पौडेल, सोनाली परियार, विष्णु पाठक पौडेललाई सदस्य चयन गरेको छ ।

समाजको सल्लाहकारमा दीप पाठक, राम चापागाईं, शेषकान्त रिजाल, दयाराम सुवेदी, बलराम भट्टका साथै संरक्षकमा महेन्द्र पिसि, सेवक पिसि, राजु केसी, राज पौडेल र सुर्य लामिछाने रहेका छन् ।

अधिवेशनमा महासचिव विमल रिजालले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष एलपी शर्माले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने संरक्षक सुर्य लामिछाने, महेन्द्र पिसि, सेवक पिसि, राजु केसि र अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय सदस्य दीप पाठकले मन्तव्य व्यक्त गरेका थिए ।

राज पौडेलको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन विमल रिजालले गरेका थिए भने अर्जुन लामिछानेले आमन्त्रित अतिथिहरुको स्वागतमा मन्तव्य दिएका थिए ।