‘प्ले ब्वाई’ रोनाल्डोको १८ प्रेमिका !

‘प्ले ब्वाई’ रोनाल्डोको १८ प्रेमिका !



पोर्चुगलका विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो फुटबल करियरमा प्रेमिकाका कारण निकै चर्चामा रहेका छन् । सन् २००३ मा व्यावसायिक फुटबलमा प्रवेश गरेका रोनाल्डोले अहिलेसम्म १८ वटा प्रेमिका बनाइसकेका छन् ।

३६ वर्षीय रोनाल्डोको जन्म सन् १९८५ मा भएको थियो । उनी अहिलेसम्म अविवाहित छन् । सन् २००३ मा ब्राजिलियन मोडेल जोर्डान जर्देललाई आफ्नो पहिलो प्रेमिका बनाएका रोनाल्डोले तीन वर्ष उनीसँगै बिताएका थिए । वर्तमान समयमा रोनाल्डोकी प्रेमिकाको रूपमा गार्जिना राड्रिग्ज छिन् । उनबाट रोनाल्डोका चार सन्तानसमेत छन् ।

जोर्डानासँग ब्रेकअपपछि रोनाल्डोले अर्की मोडल मार्चे रोमेरोलाई आफ्नो प्रेमिका बनाएका थिए । यसपछि प्रत्येक वर्ष रोनाल्डोले मोडेल र नायिकहरूसँग डेट गर्दै आएका थिए । रोनाल्डोका ती प्रेमिकाहरूमा मिया जुडाकेन, जेमा आल्किङसन, ओलिविया र पेरिस हिल्टनसमेत थिइन् ।

यी सबैका अलावा सन् २०१० मा रोनाल्डोले टीभीनायिका किम कार्दशिया वेस्टसमेतलाई डेट गरेका थिए । यसपछि उनले रसियाका चर्चित मोडेल इरिना शायकसँग लामो समयसम्म डेट गरे । सन् २०१० देखि शुरु भएको उनीहरूको प्रेम कहानी २०१५ सम्म चलेको थियो ।

रोनाल्डोको प्रेमिकाको सूचीमा भारतीय अभिनेत्री विपाशा बसुको नाम पनि सामेल छ । तर, सन् २००७ को समयमा रोनाल्डोले उनीसँग डेट गरेको भनिए पनि पछि यो कुरा अफवाह मात्रै भएको खुलासा बताइएको थियो ।

रोनाल्डो आफ्नो जीवनमा प्रेमिकाहरूको अलावा अन्य कारणबाट विवादमा आएका छन् । सन् २००५ मा रोनाल्डोमाथि एक युवतीमाथि रेप गरेको आरोप लागेको थियो । ती युवतीले रोनाल्डोले आफूलाई होटलमा लगेर रेप गरेको आरोप लगाएकी थिइन् । त्यसपछि रोनाल्डो यो आरोपको खण्डन गर्दै आफूले कुनै पनि युवतीलाई जबर्जस्ती नगरेको बताएका थिए ।

वर्तमान अवस्थामा रोनाल्डोको प्रेमिकाको रूपमा गार्जिना राड्रिग्ज छिन् । सन् २०१७ देखि आरम्म भएको यो सम्बन्ध अहिलेसम्म कायमै छ । उनीहरूका चार सन्तान छन् । पछिल्लो समय विवाहको बारेमा रोनाल्डोले सही समयमा विवाह गर्छु भन्दै खुलेर जवाफ दिँदै आएका छन् । ‘म विवाह गर्न चाहन्छु, यो मेरो आमाको सपना पनि हो’ भन्ने गरेका छन् उनले ।

रोनाल्डो अन्तर्राष्ट्रिय स्तरमा सबैभन्दा बढी गोल गर्ने पहिलो खेलाडी हुन् । उनले पोर्चुगलको राष्ट्रिय टीमको तर्फबाट खेल्दै ११५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । साथै रोनाल्डो विश्वकै सबैभन्दा धनी खेलाडी पनि हुन् ।