काभ्रेका नेतामाथिको कारवाहीप्रति कमल थापाको आपत्ति

काभ्रेका नेतामाथिको कारवाहीप्रति कमल थापाको आपत्ति


राप्रपाले काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरेको विषयप्रति सो पार्टीका पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले लामा लगायतलाई पार्टी हित विपरितको गतिविधि गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो । थापाले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ नेताहरूलाई कारबाही गरेको भन्दै आपत्ति जनाएका हुन् ।

ुराप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरूलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ । सो निर्णयप्रति खेद व्यक्त गर्दछु । पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन’, थापाले ट्वीटरमा लेखेका छन् ।

राप्रपा काभ्रे जिल्ला अध्यक्ष टुल्कु लामा र गाउँपालिकाका दुई निर्वाचित वडाअध्यक्षहरुलाई स्पष्टीकरण दिने अवसर नै नदिई पार्टीबाट निष्कासन गर्ने पदाधिकारी बैठकको निर्णय अवैधानिक र पार्टी हित विपरित छ । सो निर्णयप्रति खेद व्यक्त गर्दछु। पदाधिकारी बैठकलाई विधानले त्यस्तो अधिकार दिएको छैन ।