आरजु अकस्मात किन पुगिन् नयाँ दिल्ली ?

आरजु अकस्मात किन पुगिन् नयाँ दिल्ली ?


कांग्रेस नेतृ आरजुको बिजेपी महासचिव चौथाइवालेसँग भेटवार्ता

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा अकस्मात नयाँ दिल्ली पुगेकी छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात दिल्ली पुग्नुको प्रयोजन भने खुलिसकेको छैन ।

आइतबार कांग्रेस नेतृ राणालाई भेट दिएपछि भारतीय जनता पार्टीका महासचिव चौथाइबालेले ट्वीट गर्दै कांग्रेस केन्द्रीय सदस्य राणा व्यक्तिगत कामका लागि नयाँ दिल्ली आएका बेला भेट गरेको जानकारी दिएका छन् ।

ज्ञातव्य छ, प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जान लागेका हुन् । गुजरातबाटै देउवा नयाँ दिल्ली जाने कार्यक्र तय भएको बुझिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणकै संघारमा भएको आरजु राणाको नयाँ दिल्ली भ्रमण एवम् बिजेपी महासचिव चौथाइवालेसँगको भेटवार्तालाई अर्थपूर्ण रूपमा लिइएको छ ।