पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्रीलाई राप्रपाको ज्ञापनपत्र


राप्रपाले २७ पुसमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन र उक्त दिनलाई पर्वको रूपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।

यसअघि राप्रपाका नेता कमल थापाले पनि पृथ्वीजयन्तिका दिन सार्वजनिक विदा दिन सामाजिक सञ्जालमार्फत् सरकारसँग आग्रह गरेका थिए ।

प्रधानमन्त्रीलाई समेत मेन्सन गरिएको ट्वीटमा थापाले लेखेका थिए, ‘राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो । उहाँको योगदान कुनै संस्थारप्रणालीसँग सम्बन्धित छैन ।राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो । राष्ट्रनिर्माताको सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रुपमा मनाउन, सार्वजनिक बिदा दिन आग्रह गर्दछु ।’